s

घरले किच्दा १ को मृत्यु

चरिकोट बजारमा भूकम्पमा ढल्केको घर भत्केर किच्दा एक मजदुरको मृत्यु भएको छ। अर्का १ जना गम्भीर घाइते भएका छन्। भीमेश्वर नगरपालिका १० स्थित रामबहादुर बुढाथोकीको घर भत्काउने कार्य गरिरहेका सुस्पाक्षमावती ९ का गोपीकृष्ण थामीको किचिएर मृत्यु भएको हो।

घर भत्काउने कार्यमा खटिरहेका सुस्पाक्षमावती ८ का मानबहादुर थामी गम्भीर छन्। बुधबार दिउँसो व्यस्त सडकमा ३ तले ढलान घर ढलेपछि बटुवाहरूको भागाभाग भएको थियो। मिलिजुली मार्गमा घर ढल्नेबित्तिकै बटुवाहरूसमेत हताहत भएको आशंकामा तत्काल सेना र प्रहरीले उद्धार थालेको थियो। काम गरिरहेका ५ जना भने भत्किएको घरबाट सकुशल निस्किएका छन्।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भूकम्पले खतरामा परेको घर भत्काउँदा स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरेका छन्।

Published on: 9 July 2015 | Kantipur
 

Back to list

;