s

घरेलु कामदारलाई खाडी मुलुक जान दिने सरकारकाे प्रस्ताव

सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीका साथमा कामदारलाई खाडी मुलुकमा रोजगारीका लागि पठाउन प्रस्ताव रााखेका छन् । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सोमबारको बैठकमा मन्त्री विष्टले यस्ताे प्रस्ताव राखेका हुन्  । 
 
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने सरकारको प्रस्ताव अस्विकार गरेका छन् । उनले सम्बन्धित निकायसँग अनुगमन नगरी समितिले सरकारको प्रस्ताव मान्न नसकिने बताए । समितिले खाडी मुलुकको अनुगमनपछि २०७३ सालमा कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो ।   
 
गत श्रावण महिनायता घरेलु कामदारको रुपमा खाडी मुलुकमा पुनः जान दिन माग गर्दैै करिब एक हजारले निवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । समितिले गैरकानुनी रुपमा खाडी मुलुकमा रहेका घरेलु कामदारको यथार्थ विवरण छिटोभन्दा छिटो समितिमा पेश गर्न पनि श्रम, रोजगार तथा सामाजिक  सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । 
 
Published: 25 December 2018 | Naya Patrika

Back to list

;