s

घर बनाउने क्रममा छतबाट खसेर मजदुरको मृत्यु

उर्लाबारी, जेठ २४ गते । मोरङको उर्लाबारी –२ माझीचौक स्थित जेनिल लिम्बूको घर बनाउने कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।

लिम्बुको निर्माणाधीन घरको दोस्रो तलामा इँटा जोडिरहनुभएका उर्लाबारी–२ का ४८ वर्षीय शनिकुमार श्रेष्ठको बुधवार दिउँसो मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते हुनुभएका श्रेष्ठलाई तत्काल उर्लाबारी –३ को मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो । गम्भीर घाइते श्रेष्ठको त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।

अस्पताल नपुग्दै श्रेष्ठको बाटो मै मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । श्रेष्ठ श्रीमती र नातिनीसँग बस्दै आउनुभएको थियो । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरू सुरक्षित नभई काम गर्ने गर्दा दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ ।

Published on: 6 June 2024 | Gorkhapatra

Link

Back to list

;