s

 जर्मनी पठाइदिने प्रलोभनमा ठगी गर्ने नक्कली डाक्टर पक्राउ

वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा ठगी गर्ने नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका –१३ की डा. क्रिस्टिना गुरुङ नाम बताउने ३७ वर्षीय कान्ती राना (गुरुङ) पक्राउ परेकी हुन् । 

उनलाई महानगरीय प्रहरी परिसर स्वयम्भुबाट खटिएको प्रहरी टोलीले २३ माघमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले  विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँभन्दा धेरै ठगी गरेकी छिन् । जसमध्ये ३६ पीडित प्रहरीको सम्पर्कमा आइसकेको परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए।

उनले भने, ‘वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा दुई करोड ३१ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक अभियुक्त पक्राउ परेकी छिन्। ३६ पीडित त हाम्रो सम्पर्कमा आइसकेका छन् । उनले अन्यलाई पनि ठगेको हाम्रो सूचनामा छ । अनुसन्धान जारी छ ।’ 

उनले जर्मनी पठाइदिने प्रलोभनमा युवा ठग्दै आएका थिए । पक्राउपछि प्रहरीले उनको बाफलस्थित डेरामा छापा मारेको थियो । डेरामा विभिन्न व्यक्तिका ३१ पासपोर्ट, नाता प्रमाणित प्रमाण–पत्र, अविवाहित प्रमाण–पत्र, प्रहरी चारित्रिक प्रमाणपत्र बरामद भएको थियो । 

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

Published on: 10 February 2022 | Nayapatrika

 

Link

Back to list

;