s

जेनेभामा श्रममन्त्रीले भने-श्रम आप्रवासन छिट्टै व्यवस्थित र मर्यादित बन्छ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले श्रम आप्रवासनको क्षेत्र अर्थात वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार लागि परेको बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा सोमबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै विष्टले वैदेशिक रोजगारीलाई बाध्यात्मकबाट स्वेच्छिक बनाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत प्रयास गरिने बताएका हुन् ।
 
उनले अन्य धेरै किसिमका प्रयासहरुबाट यसलाई सम्भव तुुल्याइने बताए । मन्त्री बिष्टले श्रमका सम्पूर्ण क्षेत्रलाई कानुनभित्र समेटेर सबै श्रमिकको हक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याएका छन् । नेपालको श्रम कानुनहरु समयानुकल बनाइएको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई श्रम क्षेत्रमा भइरहेको सुधारको कामले केही समयभित्रै नतिजा दिने जानकारी पनि दिए ।
 
श्रम ऐन-०७४ तथा नियमावली-०७५ कार्यन्वयन आएको बताउँदै उनले त्यसमा श्रमिकका अधिकारका विषयलाई अधिकतम् रुपमा समबोधन गर्न प्रयास भएको बताए । उनले अब नेपालले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको पनि जानकारी दिए । मन्त्री बिष्टले नेपालले सन् २०२५ भित्र बालश्रम उन्मुलन गर्ने प्रतिवद्धता पनि जनाए । त्यसका लागि गुरुयोजना बनाउन लागिएको उनको भनाइ थियो ।
 
Published on: 4 June 2018 | Onlinekhabar

Back to list

;