s

जिफन्टले मार्च ४ लाई मजदुरहरुको पर्वका रुपमा मनाउने

काठमाडौँ — नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गरे । महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ ।

फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरुसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरुको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

Published on: 4 March 2024 | Kantipur

Link

Back to list

;