s

गौशाला नगरपालिकाबाट ३२ जनाले लिए श्रम स्वीकृति

महोत्तरी : गौशाला नगरपालिकाले वैदेशिक रोजगारमा जाने ३२ जनाको श्रम स्वीकृति गरिदिएको छ । नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको लागि अनिवार्य रहेको श्रम स्वीकृति जिम्मेवारी पालिकालाई दिएपछि बैशाखदेखि श्रावण मसान्तसम्ममा ३२ जनाले सेवा लिएका हुन् ।

रोजगार संयोजक नविनत झाका अनुसार पालिकाले श्रम स्वीकृतका लागि सहजीकरण गरिदिएका छन् । यस अवधिमा साउदीका लागि ८ जना, कुवेतका लागि १ जना, मलेसियाका लागि १२ जना, कतारका लागि ८ जना र दुवईका लागि ३ जना रहेको संयोजक झाले जनाएको छ ।

सेवा लिन आउनेलाई नगरपालिकाको तर्फबाट वैदेशिक रोजगार बोर्ड, समाजिक सुरक्षा कोष र जीवन विमावापतको दस्तुर लिएर सेवा प्रवाह गर्दै आएको रोजगार शाखाले जनाएको छ ।

Published on: 14 September 2023 | Annapurna Post

Link

Back to list

;