s

गाउँपालिकाको विपन्न र मजदुरलाई राहत

दिल शिरीष 

बागलुङ : कोरोना भाइरसको जोखिम पछि देशमा जारी लकडाउनका कारण समस्या परेकालाई गण्डकी प्रदेश सरकारदेखि स्थानीय सरकारले दैनिक राहत बाँडिरहेका छन् । तर, जिल्लाको ताराखोला गाउँपालिकाले बजारका खाद्य डिपोहरुबाट सामान आयात नगरी स्थानीय उत्पादन नै जोहो गरेर लकडाउनका कारण रोजीरोटी गुमाएका गरिब, विपन्न, श्रमिक मजदुरलाई बाँडेको छ । 

गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित 'अर्गानिक' कोदो, मकै, फापरलगायतका दैनिक उपभोग्य सामग्री वडा नं. १ अमरभूमिबाट वितरण थालेको छ । अमरभूमिका ३३ परिवारलाई प्रति परिवार संख्या हेरेर मकै÷कोदो १०÷१५ पाथी , दाल २ किलो, चिनी २ किलो, तेल १ लिटर र नुहाउने तथा हात धुने सावून वितरण गरिएको गाउँपालिकाका योजना अधिृकत जित सुनारले जानकारी दिए । उनका अनुसार ४ जनाको परिवार छ भने १० पाथी र त्यो भन्दा बढि संख्या भएमा १५ पाथी सम्म मकै कोदो दिइएको छ । 

राहात सामग्री बितरणका लागि गाउँपालिकाका ६ वटा वडामा लगत तथा स्थानीय खाद्य सामग्री संकलन गरेर मजदुर तथा विपन्न परिवारलाई गाउँमै उत्पादित खाद्यान्न उपलव्ध गराउन ६० मुरी मकै र २० मुरी कोदो गाउँपालिकाले संकलन गरिएको छ ।   

देशमा कोरोना भाइरसका कारण उत्पन्न समस्या र संकटले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदुर, गरिब बिपन्नहरुको तथ्यांक संकलन गरि गाउँमै स्थानीयले उत्पादन गरेको सामग्री बितरण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए । 'पहिले गाउँमा धर्म भकारी हुन्थ्यो, यो जरुरी रहेछ भन्ने निष्कर्षमा पुग्यौं, 'अध्यक्ष घर्तिले भने ‘यसलाई आधुनिक तरिकाले व्यवस्थित गर्ने र अहिले तत्कालका लागि बजारबाट चामल आयात नगरी गाउँकै किसानहरुले उत्पादन गरेको कृषि उपज खरिद गरिदिएर समस्यामा परेकाहरुलाई प्रदान गरेका हौ ।' 

स्थानीय उत्पादन खरिद र बितरण गरिए पछि गाउँका किसान र विपन्न श्रमिक मजदुर परिवार सबै खुशी देखिएका छन् ।

Published on: 5 April 2020 | Annapurna Post

Link

Back to list

;