s

गत आर्थिक वर्षमा कति युवा कोरिया गए ?

गत आर्थिक वर्ष ०७९/८० मा २२ हजार नौ सय २२ नेपाली युवा श्रमिक कोरिया पुगेका छन् । जसमध्ये १६ हजार ६ सय ८१ नयाँ श्रमिक थिए भने ६ हजार दुई सय ४१ पुराना श्रमिक पुनः कोरिया गएका थिए । इपिएस प्रणालीमार्फत श्रमिक कोरिया पठाउनेमा नेपाल अग्रपंक्तिमा छ । कोरिया जाने श्रमिकको एक कार्यकालको अवधिमा चार वर्ष १० महिना हुन्छ ।

कोरिया जाने श्रमिकको रोस्टरमा हाल नौ हजार नेपाली युवा सूचीकृत छन् । जसमध्ये ६ हजार उत्पादन क्षेत्रका छन् भने तीन हजार कृषि क्षेत्रका छन् । सूचीकृतमध्ये तीन हजार पुराना श्रमिक छन् । पुराना श्रमिकमध्ये दुई हजार पाँच सय उत्पादन क्षेत्रका छन् भने पाँच सय कृषि क्षेत्रमा गएका इपिएस प्रमुख सुवेदीले बताए ।

हालसम्म कोरियामा ८९ हजार नेपाली युवा पुगिसकेका छन् । गत आवमा करिब २३ हजार श्रमिक कोरिया पुगे । कोरिया र नेपालबीच सन् २००७ मा श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार कोरियाले सन् २००८ देखि नेपालबाट कामदार लैजान सुरु गरेको हो । कोरियाले कृषि तथा उत्पादन क्षेत्रका लागि नेपालबाट कामदार लैजाने गरेको छ । कोरियाले नेपालबाहेक बंगलादेश, म्यानमार, चाइना, भियतनाम, कम्बोडिया, लाओसलगायत १६ वटा मुलुकबाट कामदार लैजाने गरेको छ ।

कोरिया सरकारले यसअघि प्रत्येक मुलुकका लागि श्रमिकको कोटा छुट्याउँदै आएको थियो । तर, यो वर्ष भने कोटा प्रणाली हटाएको छ । आफ्नो रोजगारदाताको छनोटमा जति पनि श्रमिक कोरिया जान सक्ने व्यवस्था गरिदिएको छ । तसर्थ, यो वर्ष हालसम्मकै अधिक नेपाली श्रमिक कोरिया पुगेका छन् ।

Published on: 21 August 2023 | Naya Patrika

Link

Back to list

;