s

ग्यास सिलिन्डर पड्किँदा कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । 
 
दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका राईलाई राति दुई बजे अस्पतालले मृत घोषणा गरेको उनका साथी सुरेश राजवंशीले जानकारी दिए । राईको शव अस्पतालमै राखिएको छ ।
 
इपिएसमार्फत तीन वर्षअघि कोरिया आएका ३२ वर्षीय राईको पत्नी र एक छोरा छन् । उक्त कम्पनीमा उनीसहित ६ नेपाली कार्यरत थिए ।यसअघि जुन १३ तारिखमा यहाँ पोखरा बाझपाटन निवासी बलबहादुर गुरुङ मृत्यु भएको थियो । उनकै शव कोरियामै रहेको छ।
 
Published on: 20 June 2018 | Kantipur

Back to list

;