s

ग्याँस चुहिंदा साउदीमा दुई नेपालीको मृत्यु

होम कार्की

साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । 

साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । 

नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो । 

दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए । ‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए । 

बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए । इदको बिदा परेकाले कम्पनीले नेपाली दूतावासलाई घटना विवरणबारे विस्तृतरुपमा जानकारी गराएको छैन् ।

Published on: 22 June 2017 | kantipur

Back to list

;