s

गर्मी बढेपछि खुल्ला क्षेत्रमा काम गर्न प्रतिबन्ध

बढ्दो गर्मीसँगै कतारले शुक्रबारदेखि खुल्ला कार्यक्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ । कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि कार्य समय तोक्दै उक्त प्रतिबन्द लगाएको हो । यो नयाँ नियमा खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुमा जून १५ देखि अगष्ट ३१ सम्मका लागि लागू हुने बताइएको छ ।
 
खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्नुपर्ने कामदारहरुको लागि मात्र यो नियम लागू हुनेछ । त्यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११: ३० बजेदेखि अपराह्न ३ बजे सम्मका लागि अनिवार्य रुपमा काम बन्द गर्नुपर्नेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टासिएको हुनुपर्ने निर्देशन दिइएको छ । मन्त्रालयले कम्पनीहरुलाई  सरकारी नियमको कदर गर्न आग्रह गरेको छ । मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरीक्षणका लागि आउन सक्ने भन्दै नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिनासम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ ।
 
मन्त्रालयले निर्देशन उल्लंघन भएमा दोहासँगै रहेको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय, डिप्लोमेटिक एरिया, डल्फिन टावरमा उजुरी गर्न सकिने बताएको छ ।
 
Published on: 14 June 2018 | Madhyanha

Back to list

;