s

गलत सूचनाप्रति सचेत रहन आग्रह

काठमाडौँ, साउन ११ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले विभिन्न माध्यमबाट इपिएस रोजगारीका विषयमा गलत सूचना फैलाउने काम भएकाले त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ ।

सो शाखाले विज्ञप्तिमा इपिएस शाखाको लेटरप्याड प्रयोग गरी दक्षिण कोरियामा इपिएसमार्फत कुुनै पनि नेपाली श्रमिक नलैजाने भन्ने जस्ता गलत सूचना प्रवाह गरी भ्रम फैलाउने काम गरेकाले त्यस विषयमा सचेत रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “केही व्यक्ति एवं समूहको सामाजिक सञ्जालमा विभिन्न पेजसमेत बनाई कतिपय इपिएसको ‘लोगो एवं लेटरप्याड’ समेत राखी नक्कली फेसबुक खोलेर भ्रामक खालका समाचार बनाई जथाभाबी पोस्ट गरेको पाइएको छ ।

यस विषयमा सत्यतत्थ नबुुझी अरूले समेत सेयर गर्नेलगायत कानुनविपरीतका गतिविधि गरेको पाइएकाले विभाग वा इपिएस शाखाबाहेक अन्य ठाउँबाट आएको सूचनाको भर नपर्नसमेत सोही विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने, सरकारी लेटरप्याड किर्ते गर्नेलगायतका गैरकानुनी कार्य गरेको र त्यस्तो कार्यमा संलग्नलाई विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम साइबर अपराधमा हदैसम्मको कैद र जरिबानाको सजायका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइसकेको सो शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुुभयो ।

सो शाखाका अनुसार इपिएसमार्फत नेपाली श्रमिक सरकारी प्रणाली जीटुुजीको माध्यमबाट सन् २००८ देखि रोजगारीका लागि हालसम्म करिब ९० हजारभन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया प्रवेश गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा मात्रै २२ हजार १९२ श्रमिक प्रवेश गरेका छन् । इपिएसमार्फत विभिन्न १६ देशबाट श्रमिक भिœयाउने गरेकामा नेपाल इपिएसबाट श्रमिक पठाउनेमा सर्वोत्कृष्ट देशका रूपमा परिचित छ ।

Published on: 27 July 2023 | Gorkhapatra

Link

Back to list

;