s

गैरकानुनी रुपमा विदेश पठाउने गिरोह पक्राउ

बानेश्वरस्थित केल्भिन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली, वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग समेतको संयुक्त टोलीले छापा मारी वैदेशिक रोजगार विभागमा सेटिङ्ग मिलाई गैरकानुनी तवरबाट विदेश पठाई सर्वसाधारणलाई ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं मालीगाउँ बस्ने मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका-१५ जनपथ बस्ने २९ वर्षीय जगत न्यौपाने, काठमाडौं गोंगबु-४ बस्ने पाँचथर जिल्ला कम्पुटार-४ ठेगाना भएका ५० वर्षीय शिवप्रसाद रेग्मी, ललितपुर थसिखेल बस्ने मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका-२ तीनपैनी ठेगाना भएका ४० वर्षीय अमित भन्ने अरुणकुमार वर्मा र काठमाडौं महानगरपालिका-३४ बस्ने भोजपुर जिल्ला हेलउछा-६ ठेगाना भएका ३० वर्षीय उमेशकुमार विष्ट रहेका छन्।

उनीहरुको साथबाट गैरकानुनी रुपमा संकलन गरिएका राहदानी १ सय ४१ थान, नक्कली भिसा, स्वास्थ्य परीक्षण फारम, विभिन्न छापहरु, नक्कली भिसा बनाउन प्रयोग गरिएका उपकरणहरु, इन्सुरेन्स कम्पनीका खाली फारामहरु लगायत अन्य कागजातहरु समेत बरामद गरी थप आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि वैदेशिक रोजगार विभाग तिनकुने पठाइएको छ।

Published on: 21 September 2012 | Nagarik

Back to list

;