s

गैरकानूनी रूपमा वैदेशिक रोजगारीमा पठाउने पक्राउ

प्रहरीले गैरकानूनी रूपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
 
काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ वर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ वर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
 
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको कोठाबाट विभिन्न व्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा राहदानीका प्रतिलिपिहरू र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 
Published on: 16 May 2018 | Setopati

Back to list

;