s

गैरकानुनी रुपमा कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु

नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
 
एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका वेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।
 
सीआईबीले खड्गीमाथि अनुसन्धान थालेको भए पनि अहिले अनुसन्धान प्रारम्भिक चरणमै रहेको सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले अनलाइनखबरलाई बताए ।
 
Published on: 7 February 2018 | Onlinekhabar

Back to list

;