s

गाउँ थेग्दै थामी महिला

सुस्पाक्षेमावती ७ पहरेका युवा घर बस्नै छाडे । चाँडै बिहे गर्ने अनि श्रीमतीलाई तालासाँचो बुझाएर कुलेलम ठोक्ने ।वैदेशिक रोजगारको मोहले धेरै गाउँ यस्तै समस्यामा छन् । पहरे गाउँका थामीबस्तीमा भने महिलाको सक्रियताका कारण पुरुषको अभाव खट्कँदैन ।

गाउँ समाजमाधान्नुपर्ने थितिलाई सानदारपूर्वक महिलाले अघि सारिरहेका छन् । घरेलुमामलादेखि विकास निर्माणमा उनीहरूकै अग्रसरता देखिन्छ । गारोसारो पर्दामहिला नै अघि सरेर पार लगाउँछन् । मर्दापर्दा उनीहरू नै हुन्छन् । 'केगर्नु त, गाउँका केटाहरू कोही टिक्दैनन्,' कान्छी थामीले भनिन् ।

किशोरीहरू प्रायको काखमा दुधे नानी छन् । उनीहरूका पति स्वदेश र विदेशमामजदुरी गर्न गएका छन् । केही वर्षको अन्तरालमा आउँछन्, एकाध दिन बसेर फेरिजान्छन् । खेतीपातीको सिंगो बोझ तिनै नानीका आमाहरूलाई छ । नानी रबूढाबूढीको स्याहारमा पनि तिनीहरू खट्नुपर्छ ।

पतिलाई विदेश पठाउँदाको ऋणकोभार पनि उनीहरूकै थाप्लामा छ । १७ वर्षमा बच्चा जन्माएर हुर्काउँदै गरेकीजमुना थामी भन्छिन्, 'खेतबारी जोत्नेबाहेक सबै काम हामी नै गछौर्ं ।' महिलाले हलो जोत्नु हुन्न भन्ने मान्यता यहाँ अङ्गीकार गरिन्छ ।

भिरालोजमिनमा बनेको २८ घरको बस्तीमा भेटिएका ९ युवतीमध्ये ७ जनाको पति विदेशमाछन् । दुई जनाका भने स्वदेशभित्रै मजदुरी गर्छन् । सबैका कम्तीमा पाँचमहिनाको शिशुदेखि चार वर्षका छन् । केहीका दुई वटासम्म सन्तान छन् । सबैकाहातमा घरको बागडोर छ । घरको पूर्ण बोझ हुँदा पनि उनीहरूको अनुहार आशाहराएको छैन । १० कक्षा उत्तीर्ण निर्मला थामी जिम्मेवारीका साथै अधिकार पनिपाएकाले काम गर्दा खुसी लाग्ने बताउँछिन् ।

सम्पत्ति र निर्णयकोपूर्णअधिकार पाएकाले कार्यसम्पादनका एक्लो दैनिकीले उनीहरूलाई शक्ति मिलेकोछ । संगिनीहरूबीच सबैभन्दा बढी अध्ययन गरेकी निर्मलाका अनुसार श्रीमान्लेकमाएर पठाएको पैसा राख्ने सहकारी सञ्चालनमा समेत महिलाको अग्रसरता छ ।

घरेलु बोझका साथै उनीहरूको गाउँ परिवर्तनमा लोभलाग्दो लगाव देखिन्छ । नयाँपुस्ताका उनीहरू बढीमा दुईभन्दा बढी बच्चा नजन्माउने छलफल गर्छन् ।प्रायले स्वस्थ्य केन्द्रमै गएर र केहीले सुँडेनी घरमै बोलाएर बच्चाजन्माएको सुनाए । रेडक्रस सोसाइटी दोलखा शाखा पहलमा भइरहेको सरसफाइकार्यक्रमबारे उनीहरूले निर्णयमा बाहुल्य राख्छन् । कोरियन रेडक्रसको सहयोगमिलेको उक्त कार्यक्रमबाट उनीहरूले स्वच्छ खानेपानी, भान्छाको उचितबन्दोबस्त गरेका छन् । घरघरै चर्पी बनाएका छन् ।

Published on: 15 January 2015 | Kantipur   
 

Back to list

;