s

फ्री-भिसा, फ्री-टिकटमा श्रमिक मलेसिया पठाउन व्यवसायीलाई मन्त्री कुँवरको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसङ्गतिलाई रोक्न रोजगार व्यवसायीलाई निर्देशन दिएका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीह ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन्।

मंगलबार मन्त्रालयमा एक हजार बढी कामदार मलेसिया पठाउँने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए।

मलेसियमा फ्री-भिसा, फ्री-टिकट भए पनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार म्यानपावर व्यसायी नै भएको जानकारी गराए।

मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ, फ्री-भिसा, फ्री-टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौं तिर्न बाध्य छ। यो विषयमा हामी पनि अनुगममा कडाई गर्छौं। तपाईहरुले पनि विशेष ध्यान दिनु होला।’

साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्यूनीकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले जिम्मेवार हुनुपर्ने बताए। उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा तयार रहेको समेत उल्लेख गरे।

कार्यममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरे।

मलेसियामा फ्री-भिसा, फ्री-टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए।

मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारबाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाए।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बताए। उनले पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध गरे।

साथै उनले मलेसियामा सहज रुपमा कामदार पठाउने विषयमा वैदेशिक रोजगार ऐनमा भएका केही अप्ठयारो बुँदालाई संसोधन गर्न मन्त्रालय तयार रहेको पनि जानकारी गराए।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पिडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी गराए।

म्यानपावर व्यवसायीले भनेँ मलेसियामा कामदार आफूहरूले फ्री-भिसा, फ्री-टिकटमै पठाउने गरेको तर बिचौलियाका कारण व्यवसायीको बदनाम हुने गरेको बताए। उनीहरूले बिचौलिया रोक्ने नीति बनाउन समेत आग्रह गरे।

Published on: 30 November 2022 | Setopati

Link

Back to list

;