s

‘फ्री भिसा,फ्री टिकट प्रभावकारी भएन’

महालेखा परीक्षकको कार्यालयले फ्री भिसा,फ्री टिकट प्रभावकारी नभएको निश्कर्ष निकालेको छ। २०७२ जेठ २६ र २०७२ असाढ ६ गते राज्यमन्त्री स्तरको निर्णय बमोजिम बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमन, कुवेत र मलेसियाको लागि वैदेशिक रोजगारमा जाने कामदारबाट १० हजार रुपैयाँसम्म लिने र रोजगारदाता कम्पनीले भिसा खर्च, आतेजाते हवाइ टिकट समेत व्यहोर्ने व्यवस्था मिलाइएको थियो।
 
विभागमा परेका उजुरी तथा अन्य माध्यमबाट प्राप्त जानकारी अनुसार सो प्रावधान पुर्ण रुपमा कार्यान्वयन नभएको प्रतिबेदनमा उल्लेख छ। रोजगार व्यवसायीले तोकिएको शुल्कको अतिरिक्त थप रकमसमेत लिने गरेको जानकारी आएको र यो विषयमा विभागले अनुगमन नगरेको महालेखाको ठहर छ।  यस सम्बन्धमा विभागले अनुगमन गरी कामदारले तोकिएको शुल्कभन्दा बढी रकम भुक्तानी नगरेको सुनिश्चित गर्नुपर्ने महालेखाले सुझाएको छ।
 
Published: 12 April 2019/ Setopati

Back to list

;