s

फ्रान्स पठाइदिने भनेर ४० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : फ्रान्स पठाइदिने भनेर ४० लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले चार जनालाई फ्रान्स जान प्रतिव्यक्ति १७ लाग्ने र मासिक एक लाखभन्दा धेरै तलव हुन्छ भनेर उनीहरूबाट ४० लाख रुपैयाँ रकम लिएर फरार भएका थिए।

उनलाई मंगलबार ललितपुर-३ पुल्चोकबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Published on: 31 May 2023 | Annapurna Post

Link

Back to list

;