s

फेयरफिल्ड होटलले कर्मचारी निकालेको भन्दै मजदुरहरु आन्दोलनमा

तीन तारे होटल फेयरफिल्डले १२ जना कर्मचारीलाई अवकाश दिएको छ। 

कोरोना भाइरसका कारण व्यापार ठप्प भएको भन्दै होटलले खर्च कटौतिका लागि कर्मचारी कटौति गरेको हो। होटलको कर्मचारी कटौतिका विरुद्धमा मजदुर संगठनले आन्दोलनको चेतावनी दिएको छ।

सरकारले कुनै पनि मजदुरलाई महामारीको समयमा ननिकाल्न भनेको भन्दै मजदुर संगठनले व्यवस्थापनलाई कर्मचारी निकाल्ने काम नगर्न चेतावनी दिएको हो।

फेयरफिल्ड होटलको मजदुर संगठका अध्यक्ष विश्व कार्कीले व्यवस्थापनले सरकारी निर्देशन तथा मानवीय संवेदनाको ख्याल नगरेको बताए।

'हामीलाई जेठ ८ गते बैठकमा बोलाइएको थियो। तर त्यहाँ एक्कासी १२ जना कर्मचारी निकाल्ने प्रस्ताव ल्याइयो। हामीले त्यसलाई अस्वीकार गर्‍यौ। हामीले त्यसको बदला १२ जनालाई तलब दिनका लागि बाँकी कर्मचारीको ५ प्रतिशत तलब कटौति गर्न तयार रहेको भन्यौ तर त्यो केही पनि कुराको सुनुवाइ नभएर एक्कासी १२ जनालाई अवकास दिइएको छ' कार्कीले भने' हामीले यसबारेमा व्यवस्थापनलाई विरोधपत्र बुझाइसकेका छौ। माग सुनवाइ भएन भने आन्दोलनमा जान्छौ।'

यसअघि होटल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपालले महिनाको १२.५ प्रतिशत तलब र सेवा शुल्कमात्र दिनेगरी कर्मचारीलाई विदामा पठाउने निर्णय गरेका थियो।

उनीहरुले यस्तो निर्णय गरेपनि मजदुर संगठनहरुको विरोध तथा सरकारको हस्तक्षेपका कारण केही समय उनीहरु चुप लागेका थिए। 

अप्रिल सिकन लागेको र जुन सुरु हुनै लाग्दा होटलले व्यवस्थापन तहका कर्मचारीलाई अवकास तथा मजदुरहरुलाई विदामा पठाउन सुरु गरेका छन्।

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले भने सरकारले ल्याउने बजेटसम्म कुरेरमात्र निर्णय गरिने जानकारी दिइन्। यद्यपी अहिले होटलहरुले अवकाश दिएको तथा विदामा पठाएको भनिएको कुरा करारका कर्मचारी तथा मजदुरको हकमा भएको उनले बताइन्।

'व्यवस्थापक र मजुदुरबीच सम्झौता भएको हुन्छ। नियुक्ती दिंदा स्थायी,अस्थायी तथा करारमा हुन्छ। व्यापार शून्य भएपछि होटलहरुले अहिले करारको सम्झौता नविकरण स्विभाविक रुपमा गर्दैनन्। त्यस्तै अस्थायीको पनि कहिलेसम्म निरन्तरता दिने भन्ने कुरा हुन्छ' उनले भनिन्।

Published on: 24 May 2020 | Setopati

Link

Back to list

;