s

युरोप पठाइदिन्छु भन्दै ३० लाख ठग्ने शिवानन्द बाबा पक्राउ

काठमाडौं : युरोप पठाइदिन्छु भनेर ठगी गर्ने स्वामी शिवानन्द बाबा(दिपक भन्डारी) पक्राउ परेका छन् ।

४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए । प्रहरीका अनुसार स्थायी घर गुल्मी भएका भन्डारीले युरोपका विभिन्न ठाउँका तस्बिर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् ।

Published onL: 14 January 2020 | Annapurna Post

Link

Back to list

;