s

यूरोपबाट माग ल्याउने म्यानपावर कुन कुन ?, म्यानपावरबाटभन्दा व्यक्तिगत रुपमा यूरोप जाने बढी

आकर्षक तलव र सुविधा भन्दै म्यानपावर कम्पनीहरुले पोल्याण्ड लगायत यूरोपियन मुलुकहरुबाट रोजगारीको माग ल्याए पनि उक्त मुलुकहरुमा संस्थागत अर्थात् म्यानपावरबाट भन्दा व्यक्तिगत रुपमा जाने कामदारको संख्या बढी देखिएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सार्वजनिक गरेको फागुन महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको सूचीमा यूरोपियन मुलुक पोल्याण्ड जाने कामदारमा व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या १ सय ९३ र संस्थागत रुपमा जानेको संख्या त्यसभन्दा १० जना कम १ सय ८३ जना रहेका छन् । फागुनमा रिइन्ट्रीका माध्यमबाट उक्त मुलुक जानेको संख्या जम्मा ५ जना रहेको छ ।
 
समग्रमा गत फागुन महिनामा २६ हजार ४ सय १ जना संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका कामदखार मध्ये यूरोप जाने कामदारको संख्या अत्यन्त थोरै छ । फागुनमा ४ सय १६ जना मात्र यूरोपका विभिन्न मुलुक गएका छन् । नेपाली कामदार जाने यूरोपका प्रमुख देशहरुमा पोल्याण्डसहित, टर्की, साइप्रस, चेक रिपब्लिक, रोमानिया माल्टा, रसिया, बेलायत रहेका छन् । तर अघिल्लो महिनाको सरकारी तथ्यांकका आधारमा पोल्याण्ड, टर्की र साइप्रस नेपाली कामदार जाने प्रमुख युरोपियन गन्तव्यका रुपमा देखिएका छन् । यीमध्ये पोल्याण्डमा बुचर, क्लिनर, फर्निचर वर्कर, कार्पेन्टर, पेन्टर र फिस प्याकिङमा जाने गरेका छन् भने साइप्रसमा घरेलु कामदार, कुक र केयर गिभर, चेक रिपब्लिकमा फ्याक्ट्री वर्कर अपरेटर, सिलाई कामदार, इम्बोर्ड र रवर वर्करमा जाने गरेका छन् । अर्को यूरोपियन मुलुक मध्ये वाल्कन क्षेत्रमा पर्ने रोमानियामा नेपाली कामदार कुक, घरेलु कामदार र कृषि मजदुरका रुपमा जाने गरेका छन् । त्यसैगरी टर्कीमा नेपाली कामदार कृषि मजदुरका रुपमा बढी जाने गरेका छन् ।
 
हाल एक हजार भन्दा बढी म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाउने गरेका छन् । तर, १ सयको हाराहारीका म्यानपावरहरुले मात्र यूरोप अन्तरगतका यी मुलुकबाट कामदारको माग ल्याउने गरेका छन् । जसमध्ये केहीले पठाइसकेका छन् भने केही पठाउने क्रममा छन् । फागुन महिनामा यूरोप अन्तरगत पोल्याण्डसहित, टर्की, साइप्रस, चेक रिपब्लिक, रोमानिया माल्टा पठाउने म्यानपावरहरुमा समद ओभरसिज प्रा.लि., ह ा र्इ ल् य ा ण् ड र इ म् प् ल ा ेइ म ेन् ट कन्सल्टेन्सी प्रा.लि., सक्सेस नेपाल ह्युमन रिसोर्स प्रा.लि., सिग्मा ओभरसिज म्यानपावर प्रा.लि., खगोल ओभरसिज प्रा.लि., ईशान ओभरसिज प्रा.लि., दृश्मा ओभरसिज प्रा.लि., तिर्सना म्यानपावर प्रा.लि., अमन ओभरसिज प्रा.लि., गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि., वल्र्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. तथा ग्रीन स्टार ओभरसिज प्रा.लि.ले कामदार पठाए । त्यसमध्ये गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि. एक्लैले फागुन महिनामा ५ सय जनाको पूर्व स्वीकृति लिएको छ भने फागुनमा हाइल्याण्डरले ५०, समदले ६०, ग्रीन स्टारले ३०, सक्सेस नेपालले १ सय, दृश्माले ३ सय, साकुराले १ सय ५० र वल्र्डवाइड इम्प्लोइमेन्टले १ सय गरी १ हजार २ सय बढीको पूर्व स्वीकृती निकालेका छन् ।
 
यसबाहेक पोल्याण्ड लगायतका यूरोपियन मुलुकमा कामदारको माग ल्याउने म्यानपावर कम्पनीहरुमा एक्सेस पार्टनर म्यानपावर प्रा.लि., अचिभ इन्टरनेशनल प्रा.लि., आयूष इन्टरनेशनल ओभरसिज प्रा.लि., बुद्धभिजन ओभरसिज प्रा.लि., कन्टिनेन्टल ह्युमन रिसोर्स प्रा.लि., दक्षिणकाली रिसोर्सेज प्रा.लि., डिलक्स एचआर सोलुसन प्रा.लि.,डि एच इन्टरनेशनल प्रा.लि., डायमण्ड ओभरसिज प्रा.लि., ड्रिम रिक्रुटिङ सर्भिस प्रा.लि., डाइनामिक ग्लोबल एचआर प्रा.लि., यूरोएसिया एच आर सोलुसन प्रा.लि., फिस्टेल ओभरसिज प्रा.लि., फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि. पनि रहेका छन् ।
 
यस्तै गतिशील ओभरसिज प्रा.लि., ग्रीन एप्पल म्यानपावर सर्भिस प्रा.लि., अनेष्टी ओभरसिज प्रा.लि., एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., इण्डिगो ओभरसिज प्रा.लि., जन्नत ओभरसिज प्रा.लि., जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., कालीकोट ओभरसिज प्रा.लि., म ा र्क ा ेप ा ेल ा े इ म् प् ल ा ेइ म ेन् ट सर्भिसेज प्रा.लि., मास्टर जब प्रा.लि., मेमोरियल ओभरसिज प्रा.लि., मेरीगोल्ड ओभरसिज प्रा.लि., मेट्रो ओभरसिज प्रा.लि., मिथिला म्यानपावर सर्भिसेज प्रा.लि., मुनलाइट इन्टरनेशनल प्रा.लि., एनबी इन्टरनेशनल म्यानपावर प्रा.लि., नक्षेत्र इन्टरनेशनल प्रा.लि., न्यू जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., प्यासिफिक ह्युमन रिसोर्सेज प्रा.लि., पंगेनी ह्युमन रिसोर्सेज प्रा.लि., प्रोफेशनल म्यानपावर सर्भिसेज प्रा.लि., राजधानी इन्टरनेशनल सर्भिस प्रा.लि., राप्ती प्लेसमेन्ट सर्भिस प्रा.लि., रसुवा ओभरसिज प्रा.लि., रोयल हिमचुनी इन्टरनेशनल प्रा.लि., सागर रिक्रुटमेन्ट प्रा.लि., साकुरा इन्टरनेशनल प्रा.लि., सिद्धार्थ गौतम ओभरसिज सर्भिसेज प्रा.लि., एसपीएम ओभरसिज प्रा.लि., एसएसएस ओभरसिज प्राली, सुकर्म ओभरसिज प्रा.लि., तेरियानाशा म्यानपावर प्रा.लि., वल्र्डवेज म्यानपावर प्रा.लि., फस्ट ग्रोथ वल्र्ड वाइड इम्प्लोइमेन्ट प्रा.लि., केयर ह्युमेन रिसोर्स प्रा.लि, डेल्टाइम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., डिभाइन इनसाइट ओभरसिज प्रा.लि., यूरो नेपाल इन्टरनेशनलइम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., जेब ट्रयाक रिक्रुटमेन्ट प्रा.लि., रेन्बे ओभरसिज प्रा.लि., स्पीड
 
इम्प्लोइमेन्ट सर्भिस प्रा.लि., स्वीफ्ट नेपाल इम्प्लोइमेन्ट प्रा.लि., अग्नी ओभरसिज प्रा.लि., एपोलो म्यानपावर सर्भिसेज, निम्बस ह्युमन रिसोर्सेज प्रा.लि., बी.एम ओभरसिज प्रा.लि., चाँदनी म्यानेजमेन्ट सर्भिसेज प्रा.लि., इमास्को नेपाल प्रा.लि., इभ नेपाल ओभरसिज प्रा.लि., गोरखा इम्प्लोइमेन्ट प्रा.लि., हमदन इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., हाइनेपाल इन्टरनेशनल प्रा.लि., कर्म इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि., मित्र ओभरसिज सर्भिस प्रा.लि., साप इम्प्लोइमेन्ट प्रा.लि., न्यू एसभी इन्टरनेशनल प्रा.लि., ओमश्री महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि., आवर डेस्टीनी इम्प्लोइमेन्ट सर्भिस प्रा.लि., पास इन्टरनेशनल प्रा.लि., पावरहाउस ओभरसिज कन्सर्न प्रा.लि., रिलायन्स एचआर सोलुसन प्रा.लि., सक्षम ह्युमन रिसोर्सेज प्रा.लि., साल्मा एच आर ओभरसिज प्रा.लि., सिद्धार्थ बुद्ध ओभरसिज प्रा.लि., भेलर इन्टरनेशनल प्रा.लि., भिजन एण्ड भ्यालू ओभरसिज प्रा.लि., भीभी इन्टरनेशन प्रा.लि., वल्र्ड लिंक एच आर सोलुसन प्रा.लि., फ्रेण्डसीप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि., वाइज ओभरसिज प्रा.लि., नेपाल प्लेसमेन्ट एजेन्सी प्रा.लि., राज ओभरसिज प्रा.लि., ओस्कार ओभरसिज प्रा.लि., एससीसी म्यानपावर कम्पनी प्रा.लि., अलनासिर ओभरसिज प्रा.लि., आइएमस म्यानपावर प्रा.लि., यूनिभर्सल इन्टरनेशनल प्रा.लि. लगायतले पनि यूरोपियन मुलकबाट कामदारहरुको माग ल्याएका छन् । यसमध्ये अधिकांशले पूर्वस्वीकृति लिएका छन् भने केहीले अन्तिम स्वीकृति लिएर कामदार समेत पठाइसकेका छन् ।
 
 Published on: 26 March 2018 | Madhyanha

Back to list

;