s

इँटाभट्टाका मजदुरलाई खाद्यान्न वितरण

काठमाडौं र ललितपुरका विभिन्न आठवटा इँटाभट्टामा काम गर्ने मजदुरलाई खाद्यान्न वितरण गरिएको छ । चन्द्रागिरि नगरपालिकाका चारवटा इँटा उद्योग र ललितपुर महानगरपालिका– २२ बंगमतीका चारवटा गरी आठवटा उद्योगमा कार्यरत ६ सय ९७ मजद्ररलाई खाद्यान्न वितरण गरिएको छ ।

वर्ल्डभिजन इन्टरनेसनल नेपालको सहयोगमा गैरसरकारी संस्था बालविकास समाजले नगरपालिका र वडा कार्यालयको अनुमति तथा समन्वयमा राहत सामग्री वितरण गरेको हाे । राहतमा चामल १५ केजी, दाल दुई केजी, चिनी एक केजी, नुन एक केजी र खाने तेल एक लिटर वितरण गरिएको हो । 

प्रतिश्रमिकको परिवारलाई वडा प्रतिनिधि, उद्योगी र संस्थाको उपस्थितिमा राहत वितरण गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनमा इँटा उद्योगजस्ता असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदुर सबैभन्दा बढी समस्यामा छन् । राहत सामग्रीले थोरै भए पनि राहत पुगेको उनीहरूको भनाइ छ ।

Published on: 24 April 2020 | Nayapatrika

Link

Back to list

;