s

'इस्टोनिया पठाइदिन्छु' भन्दै ३४ लाख ठगेको आरोपमा एक जना पक्राउ

'इस्टोनिया पठाइदिन्छु' भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

गोरखा पृथ्वीनारायण नगरपालिका-६ घर भई काठमाण्डौ तार्केश्चर नगरपालिका-१ बस्ने बर्ष ३५ को राजेश श्रेष्ठ पक्राउ परेका हुन्।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले बुधबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकाले उनीविरूद्ध जनक बरालसहित ५ जनाले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 10 November 2023 | Setopati

Link

Back to list

;