s

ईपीएस कार्यालय प्रभावित हुँदै

वैदेशिक रोजगार विभाग अन्तरगत रहेको ईपीएस कार्यालय ग्वार्को अनुभवी कर्मचारीविहीन हुने भएको छ । उक्त कार्यालयका निर्देशक बाबुराम खतिवडालाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको कार्यालय हेटौंडा खटाइएको छ् भने अर्का अधिकृत शशिधर भण्डारीले स्वेंच्छिक अवकाश रोजेका छन् । यी दुबै कर्मचारी ईपीएस प्रणालीबाट दक्षिण कोरीया कामदार पठाउने विविध प्रक्रियामा अनुभवी मान्छिन् । दुबै जना नभएपछि ईपीएसको काम प्रभावित हुनसक्ने अन्य कर्मचारीहरु बताउँछन् । उता व्यवस्थित गर्ने नाममा यता लथालिंग पार्ने काम भएको एक कर्मचारीले टिप्प्णी गरे ।
 
उता कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनी पत्र पठाएर दबाब दिएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनी पत्र पठाइएको थियो । केन्द्रबाट खटाइएका प्रशासन सेवाका कर्मचारी प्रदेशमा नपुगेपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेशसभामा कर्मचारीको अभाव भएको बताइन्छ ।
 
Published on: 23 February 2018 | Madhyanha 

Back to list

;