s

एकचालीस राहदानीसहित पक्राउ

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
 
प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश जानका लागि होटलमा आएका व्यक्तिसँग राहदानी संकलन गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
 
प्रभागले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका अरु होटल तथा रेष्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने बताएको छ । विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताए ।
 
Published on: 8 June 2018 | Kantipur

Back to list

;