s

एक हजारभन्दा धेरै नेपाली विदेशका जेलमा छन्, रिहाइको पहल गरियोस् : सांसद कार्की

काठमाडौँ — नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा पुगेर विभिन्न कसुरमा जेलमा रहेकाहरूको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद कार्कीले हाल विदेशका विभिन्न जेलमा एक हजारभन्दा धेरै नेपालीहरू रहेको भन्दै उनीहरूको रिहाइ, उद्धार र स्वदेश फिर्ताका लागि पहल गर्न माग गरे ।

‘हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको महत्त्वपूर्ण योगदान छ । गतवर्षको रेमिट्यान्सलाई हेर्ने हो भने पनि १० खर्ब भन्दा धेरै रकम भित्रिएको छ,’ सांसद कार्कीले भने, ‘तर वैदेशिक रोजगारीमा पुगेका नेपालीहरूले सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित छैन । अहिले पनि विभिन्न बहानामा विदेशका जेलमा एक हजारभन्दा धेरै नेपालीहरू छन् । म उनीहरूको उद्धार र रिहाइका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले वैदेशिक रोजगारीका लागि विदेशमा पुगेकाहरूलाई सुरक्षित बातावरणमा काम गर्ने वातावरण बनाउनका लागि पहल गर्नसमेत माग गरे ।

Published on: 20 April 2023 | Kantipur

Link

Back to list

;