s

एक हजार बढीसँग साढे दुई करोड ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर युरोपका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर एक हजार बढीलाई ठगी करोडौं ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सी सञ्चालकसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्खेत घर भई कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, मोरङ घर भई नरेफाट बस्ने ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत घर भई कोटेश्वर बस्ने २४ वर्षीय प्रेमबहादुर रावल, डडेलधुरा घर भई कोटेश्वर बस्ने २६ वर्षीय राजेश साउद, काभ्रेपलाञ्चोक घर भई धुम्बाराही बस्ने ३० वर्षीय सुरेन्द्र तामाङ र रामेछाप घर भई कोटेश्वर बस्ने २५ वर्षीय टंकराज खनाल छन्।

उनीहरूले फेसबुक, वाट्स एप र टिकटकमा वैदेशिक रोजगारको झुटो विज्ञापन बुस्ट गरेर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए। उनीहरूले पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगयतका देशमा पठाइदिने भन्दै एक हजार बढीलाई ठगी गरेका थिए।

उनीहरूले नागरिकता, सक्कल राहदानी, शैक्षिक प्रमाणपत्र लिएर प्रतिव्यक्ति ३५ हजारसम्म अशुल्ने गरेका थिए। रसिद भने १७ हजार ६ सयको मात्र काटिएको पीडितहरूले गुनासो गरेका छन्। सक्कल डकुमेन्ट फिर्ता लिन उनीहरूले डेढदेखि दुई लाखसम्म असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरूले साढे दुई करोड बढी ठगी गरेका छन्।

Published on: 13 June 2024 | Annapurna Post

Link

Back to list

;