s

इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

करोडौ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। ४ करोडौ रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो।

वृतका डिएसपी फणिन्द्र प्रसाईका अनुसार राईले सिसेल्स र माल्टामा रोजगारी मिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेको हो। सोही आधारमा उनलाई पक्राउ गरिएको उनले बताए। उनले भने, उजुरीपछि फरार रहेका राईलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ असुलेका थिए। पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए।

Published on: 5 July 2019 | Nagarik

Back to list

;