s

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो ।
 
अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेस भएका थिए ।
 
त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।
 
डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार जना अमेरिका जान पाउँदछन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै अाएका थिए ।
 
यो असफलताले नेपालीहरूलार्इ सवैभन्दा ठूलो राहत दिएको छ । डीभी परेर अमेरिका पुग्ने बिदेशीमध्ये नेपाली पहिलोस्थानमा रहँदै अाएका छन । नेपालीहरूले हरेक बर्ष झन्डै चार हजारका दरले डीभी चिठ्ठा पाउँदै अाएका छन् ।
 
Published: 16 February 2018 | Onlinekhabar

Back to list

;