s

दूतावासद्वारा पुन: कानुनी परामर्श सेवा

नेपाली दूतावासले कानुनी सेवा तथा परामर्श सेवा पुन: सुरु गरेको छ । पीडित कामदारलाई कानुनी सेवा प्रदान गर्न एकवर्षे करारमा ‘वकिल’ नियुक्त गरिएको दूतावासले जनाएको छ । उक्त सेवाका लागि ‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’ नामक ल फर्मलाई नियुक्त गरिएको हो ।
 
दूतावासले दुई महिनाअघि सिलबन्दी बोलपत्र आहवान गरेकामा आवेदन परेकामध्ये उक्त कम्पनीलाई नियुक्त गरिएको हो ।
 
मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा बन्दी रहेका नेपाली नागरिकको कानुनी प्रतिरक्षा गर्न तथा मलेसियामा रहेका अन्य नेपालीहरूलाई आवश्यक पर्ने कानुनी सेवा प्रदान गर्न वकिल व्यवस्था गरिएको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
 
उक्त फर्ममा आबद्ध वकिल खरेन स्टेफेन्सनले यसअघि पनि दूतावासको अनुमतिमा कानुनी परामर्श सेवा प्रदान गरेकी थिइन् । दुई वर्षअघि दूतावास र मलक्कास्थित फर्मबीच भएको सम्झौता गत वर्ष मार्च २७ मा सकिएको थियो ।
 
Published on: 30 May 2018 | Kantipur

Back to list

;