s

दूतावासको सेल्टर रहेका तीन जना नेपाल फर्किए

साउदी अरबमा समस्यामा परेर सेल्टरमा रहेका तीन जना नेपालीलाई स्वदेश फर्काइएको छ । साउदी पुगेर समस्यामा परेका तनहुँको बन्दीपुरका पूर्णबहादुर विकसहित ३ जनालाई रियादस्थित नेपाली दूतावासले बिहिबार नेपाल फर्काएको हो ।
 
दूतावासले महिलाको नाम भने खुलाएको छैन । पूर्णबहादुर अल्कसिम कम्पनीमा काम गर्न गएका थिए । दुई जना महिला भने कुवेत हुँदै घरेलु कामदारका रुपमा साउदी पुगेका थिए । 
 
समस्यामा परेपछि दुई महिना अघि दूतावासको सेल्टरमा आएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । टिकट काट्ने पैसा नभएका महिलालाई नेपाली जनसम्पर्क समिति रियाद र पूर्णबहादुरलाई पारिवारिक समाज साउदीले हवाइ टिकट उपल्ब्ध गराएको हो  ।
 
Published on: 18 January 2018 | Ujyaalo Online

Back to list

;