s

दुतावासले उठाए ५५ करोड

विभिन्न मुुलुकमा रहेका नेपाली कूटनीतिक नियोगले भूकम्पपीडितको सहयोगार्थ ५५ करोड ७२ लाख ८९ हजार ७ सय ३८ जुटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर कतिपय दूतावासले पहल नगर्दा उनीहरूको कामबारेमा प्रश्न खडा भएको परराष्ट्र अधिकारीले जानकारी दिए।

विदेशस्थित २१ नेपाली राजदूतावास र तीनवटा महावाणिज्य दूतावासले संकलन गरेर पठाएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

टोकियोस्थित नेपाली दूतावासबाट सबैभन्दा धेरै १६ करोड २६ लाख ९५ हजार ५ सय २३ र सोलस्थित नेपाली दूतावासबाट नौ करोड २८ लाख १७ हजार ४ सय ४९ रुपैयाँ प्राप्त भएको उल्लेख छ। त्यस्तै, बंगलादेश, चीन, इजरायल, बेलायत, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, डेनमार्क, ओमान, बहराइन, कुवेत, स्विट्जरल्यान्ड, थाइल्यान्ड, साउदी अरेबिया, कतार, हङकङ, ल्हासा, मलेसिया, अबुधावी लगायतबाट रकम आएको छ।

तर, न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, क्यानडा, वासिंटन डीसी, म्यान्मार, जर्मनी, फ्रान्स, बेल्जियमस्थित दूतावासबाट कुनै किसिमको आर्थिक सहायता प्राप्त नभएकाले उनीहरूलाई रकम नउठ्नुको कारणबारे जानकारी मागसमेत गरेको उच्च अधिकारीले बताएका छन्।

Published on: 29  May 2015 | Kantipur
 

Back to list

;