s

दुर्घटनामा हात गुमाएका केसी र राई नेपाल फर्किने पर्खाइमा

विष्णु घिमिरे

साउदी : साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परी १ हात गुमाएका दाङका हेमराज केसी र मोरङका अरुण राई नेपाल फर्किने पर्खाइमा छन्।

साधारण कामदारको रुपमा साउदी पुगेका दाङ ५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ मेनपावरबाट २२ मार्च २०२२ का दिन साउदी उडेका थिए । साउदीको अजमल कम्पनीमा बेकरीको रुपमा कार्यरत उनी २५ अप्रिलको दिन कम्पनीको गाडीमा रुम फर्कने क्रममा सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा परी झापाका एक नेपालीको मृत्यु भएको र अन्य घाइते भएका थिए।

सोही घटनामा केसीले एक हात गुमाएका थिए । दुर्घटनासँगै हात गुमाएका केसीको कम्पनीले साधारण उपचार गरेर अहिले बेवास्ता गरेको छ। उनले कम्पनीले आवश्यक उपचार पनि नगरेको भन्दै गुनासो गरेका छन्। साथै मेनपावरले समेत सहयोग नगरेको उनको भनाइ छ। उनी साउदीमा सप्लायर्स कम्पनीमा कार्यरत रहेका थिए ।

ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले पनि सडक दुर्घटनामा एक हात गुमाएका छन्। राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।

ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम गरेका थिए। काम गर्दै जाँदा २५ जनावरी २०२० मा सडक दुर्घटना भयो । दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो। दुर्घटनामा उनले एक हात गुमाए।

कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने सेवा सुविधा र सडक दुर्घटनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २ वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखबर रहेको जानकारी राईले दिए।

राईले सडक दुर्घटनामा आफ्नो गल्ती पुलिस केसमा देखाएको बताए। केश तनफिज कोटमा रहेको र हालसम्म पनि कुनै सुनाई नभएको उनको भनाइ छ।

हात गुमाएका पिडित केसी र राईको बारेमा दुतावासमा जानकारी दिए लगत्तै दूतावास रियादले सम्बन्धित कम्पनी, मेनपावर, र पीडितसँग छलफल गरी आवश्यक सहयोगको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। पीडितले पाउनुपर्ने सेवा सुविधा जोड दिएको छ । राईको पक्षमा देखिएको पुलिस केसलाई तनफिज कोटको फैसला अनुसार स्वदेश फिर्ताको लागि एक्जिट प्रकिया गरी आवश्यक सहयोग गर्ने जानकारी दुतावासले दिएको छ। साथै केसीले पाउनु पर्ने इन्सुरेन्स रकम लगाएत अन्य कुराको सहयोग गर्ने बताउँदै विना उपचार र सेवा सुविधा नदिइ कम्पनीले स्वदेश फिर्ता गर्न लाग्ददा दुतावासले उडान रद्द गराएको छ ।

राईले साउदी अरेबिया जाने क्रममा काठमाडौंको गंगबुमा रहेको नारायणी मेनपाव १ लाख २५ हजार तिरेको थिएँ भने केसीले नासिर हाउजिङ मेनपावलाई १ लाख ८५ हजार बुझाएका थिए ।

स्वदेश फिर्ता हुने आशामा रहेका राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले सि डी सी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियल सहयोग गरेका थिए भने केसीले सम्बन्धित कम्पनीले आवश्यक उपचार नगरेकोले थप उपचारका लागि आवश्यक सहयोग गरिदिनु आग्रह समेत गरेका छन्।

Published on: 2 September 2022 | Annapurna Post

Link

Back to list

;