s

दुई सय नेपाली युएईका जेलमा

युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न प्रान्तहरूमा रहेका केन्द्रीय जेलहरूको भ्रमणपश्चात् तयार पारेको तथ्यांक आइतबार सार्वजनिक गरेको हो ।  दूतावासका अनुसार दुबई, सारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनस्थित ८ वटा जेलमा भ्रमण गरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा १८८ पुरुष र १२ महिला युएईमा जेल जीवन बिताइरहेको उल्लेख छ ।
 
सारजाह सेन्ट्रल जेलमा ७ पुरुष र ३ महिला, दुबई सेन्ट्रल जेलमा ६४ पुरुष र ४ महिला, अल अथ्वा सेन्ट्रल जेल अबुधावीमा ९४ पुरुष र ४ महिला, अजमान सेन्ट्रल जेलमा ४ पुरुष, रसअलखेमा सेन्ट्रल जेलमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा १ पुरुष र १ महिला तथा अल एन जेलमा १४ पुरुष छन् । भ्रमण गरिएको उम अल क्विन सेन्ट्रल जेलमा भने नेपाली छैनन् ।नेपाली दूतावासकी द्वितीय सचिव विष्णुकुमारी अधिकारी, जनसम्पर्क अधिकृत इरफान आलमलगायतका प्रतिनिधिले जेल भ्रमण गरेका थिए ।
 
Published on: 8 January 2019 । Naya Patrika

Back to list

;