s

दुई सय ६० नेपाली स्वदेश फर्किए

काठमाडौँ, भदौ १३ गते । विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ ।     

आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ । भुटानको ड्रक एयरले बिहान पारोबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । नेपाल एयरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एयरलाइन्सले अबुधाबी र श्रीएयरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ । 

Published on: 29 August 2020 | Gorkhapatra 

Link

Back to list

;