s

दुईवर्षे श्रम स्वीकृत प्रावधान हटाइने

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुईवर्षे श्रम स्वीकृतको प्रावधानलाई हटाएको छ । दुईवर्षे श्रम स्वीकृत प्रावधानले श्रमिकलाई झमेला भएको, भिसा अवधि रहँदै नेपाल आउनुपर्ने बाध्यता बनेको जस्ता कारणले यो प्रावधान हटाइएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले खाडी, मलेसिया र युरोपमा तोकिएको दुईवर्षे श्रम स्वीकृतिको प्रावधान बुधबारबाट हटेको हो ।अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति–रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने निर्णय भएको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, पुनः श्रम स्वीकृत लिनका लागि पनि नेपाली कूटनीतिक निकायबाटै लिन सकिनेसमेत उल्लेख गरिएको छ ।

मन्त्रालयले यसअघि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो ।

Published on: 16 March 2023 | Naya Patrika

Link

Back to list

;