s

दुबईमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

होम कार्की

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।दुर्घटना परी अन्य ६ जना घाइते छन्। घाइतेहरु भने नेपाली नागरिक होइनन्।

दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा ज्यान गएको हो। दुर्घटना सोमबार बिहान ४:५४ मा भएको थियो।

नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपाली कामदारको नाम खुलेको पनि ठेगाना खुलिसकेको छैन। मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे।

कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो। उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो।

दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईका अनुसार माइक्रो बसमा १३ जना सवार थिए। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।

Published on: 1 October 2019 | Kantipur

Back to list

;