s

दुबई उड्ने यात्रुको ७२ घण्टाभित्रको नतिजालाई मान्नु : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)मा जाने नेपाली श्रमिकलाई पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरेर ७२ घण्टाभित्रको नतिजा लिएर उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रले पर्यटन मन्त्रालयलाई पत्र पठाउँदै अनुरोध गरेको हो । युएईको दुबई नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण’ भएका यात्रुलाई मात्रै प्रवेश दिने सूचना सार्वजनिक गरेको थियो । युएईले मागेको जस्तो त्रिभुवन विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने प्रविधि स्रोत साधान नभएको भन्दै स्वास्थ्य मन्त्रालयले हाल ७२ घण्टाभित्रको नतिजा लिएर आउने यात्रुलाई नै उडानको अनुमति मिलाउन पर्यटनलाई आग्रह गरेको हो ।

स्वास्थ्य सचिवस्तरको बैठकले चार घण्टाभित्र परीक्षण गर्ने ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने विधि भने आवश्यक व्यवस्था तथा समन्वय गर्ने तयारी गरेको छ । यसको व्यवस्था गर्ने बित्तिकै जानकारी दिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको लागि पीसीआर रिपोर्ट परीक्षण गर्नका लागि सरकारीसहित ८१ वटा स्वास्थय परीक्षण केन्द्रलाई अनुमति दिएको छ ।

Published on: 13 August 2021 | Kantipur

Link

Back to list

;