s

दोहोर्याएर कोरिया जान पाइने

दक्षिण कोरियाबाट फर्केका नेपाली कामदार फेरि त्यहीँ जान पाउने भएका छन् । नेपाल-दक्षिण कोरियाबीच मंगलबार भएको श्रम सम्झौता नवीकरणमा यो व्यवस्था थप भएको हो । एक पटक पुगेर फर्किएका कामदारले भाषा परीक्षा लगायतको प्रक्रिया पुरा गर्नुनपर्ने खबर नागरिक दैनिकले छापेको छ ।

यसअघि निश्चित समयका लागि गएका कामदार नेपाल फर्किएपछि दक्षिण कोरिया जान पाउने व्यवस्था थिएन ।
 
‘६ बर्षदेखि एउटै कम्पनीमा काम गरेर फर्किएका कामदारले श्रम सम्झौता लिएर आयोभने कोरिया काम गर्न जान जाउने भएको छ,’ रोजगार अनुमति प्रणाली कार्यालयका संयोजक महेश आर्चायले भन्नुभयो, ‘यो व्यवस्थाले कामदारलाई थप फाइदा पुगेको छ ।’ यो व्यवस्थाले सुरुमा मेनपावरबाट गएका कामदारहरु थप लावान्वित हुने छन् ।
 
नयाँ व्यवस्था अनुसार नेपाली कामदारले ४ बर्ष १० महिना काम गर्न पाउने भएका छन् । यसअघि ३ बर्षसम्ममात्र काम गर्न पाउने व्यवस्था रहेको थियो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली अनुसार झन्डै १४ हजार नेपाली कामदार त्यहाँ गइसकेका छन् ।
 
Published on: 20 July 2012 | Nagarik 

Back to list

;