s

डोली बोकेको पैसा बाटामै लुटियो

ठाकुरसिंह थारू

भारत उत्तराखण्डको रुद्रप्रयागमा डोली बोकी पैसा कमाएर घर फर्किरहेका जाजरकोटका बुवाछोरासहित तीन नेपाली बाटामै लुटिएका छन् ।

जाजरकोट थलारैकर- ६ का ५० वषर्ीय वीरसिंह बुढा, उनका १५ वषर्ीय छोरा करण र त्यहींकै ३५ वषर्ीय वीरबहादुर बुढा बसमा घर र्फकंदै गर्दा मंगलबार लुटिएका हुन् । ६ महिनाअघि मजदुरीका लागि भारत गएका उनीहरूका साथमा ५० हजार भारु थियो ।

भारतीय रोडबेजको बसमा आउँदा यात्रुकै वेशमा रहेका लुटेराहरूले नशालु पदार्थ सुँघाएर पैसा लगेको प्रहरीले जनाएको छ । उनीहरू रुपैडिहास्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएपछि भारतीय प्रहरीले सीमास्थित जमुनाहा प्रहरीलाई बुझाएका थिए । बेहोस अवस्थाका तीनजनाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मंगलबार साँझसम्म होसमा आउन सकेका छैनन् ।

सीमा प्रहरी चौकी जमुनाहाका इञ्चार्ज -सई) सुमन खरेलले नेपाली मजदुरसँगको ५० हजार भारु लुटिएको जानकारी दिएका छन् । जमुनाहा प्रहरीले नेपालीहरूलाई लुटपाटबाट जोगाउन सीमास्थित रुपैडिहा बसपार्कमा सादा पोसाकका प्रहरी खटाए पनि यस्ता घटनाले निरन्तरता पाउँदै आएका छन् । लुटेराहरूले वारि नै बसमा यात्रारत नेपालीलाई नशालु पदार्थ सुँघाएर लुटपाट गर्दै आएकाले पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।

भारतमा मजदुरी गरी घर र्फकने नेपालीहरूलाई साथी बनाएर लुटपाटका घटना हुने गरेका हुन् । गत वर्ष चाडपर्वका बेला भारतबाट नेपालगन्ज हुँदै घर र्फकंदै गरेका २४ नेपालीमाथि यसैगरी लुटपाट भएको थियो । उनीहरूलाई घर सोध्ने र त्यहीं नजिक आफ्नो घर पनि रहेको बताउने गिरोह अन्ततः लुटेर भाग्छ ।

मजदुरी गरी घर र्फकने नेपालीहरूलाई बैंक तथा मनी ट्रान्सफरबाट पैसा पठाउन सक्ने जानकारी नहुँदा आफूसँगै बोकेर आउँदा यस्ता घटना दोहोरिने गरेका हुन् । लुटपाटका घटनाबारे नेपाल-भारतका अधिकारीबीच छलफल हुँदै आए पनि नियन्त्रण हुन सकेको छैन ।

Published on: 29 January 2014 | Kantipur

Back to list

;