s

दोलखामा मजदुर बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

दोलखामा मजदुर बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको छ ।

Published on: 15 March 2019 । Onlinekhabar

Back to list

;