s

दोहोरो श्रम स्वीकृति खारेज होस्ः एनआरएन

गैर आवासीय नेपाली संघ (एनआरएन) ले बैदेशिक रोजगारीमा एकपटक विदेश गएर फिरेका कामदारले फेरि पुरानै स्थानमा रोजगारीमा जानुपर्दा दोहोर्‍याएर श्रम स्वीकृति लिनुपर्ने नियम कार्यान्वयनमा नल्याउन आग्रह गरेको छ ।

मंगलबारदेखि सिंहदरबारमा सरेको परराष्ट्र मन्त्रालयमा मन्त्री उपेन्द्र यादँसूग भेटवार्ता गर्दै एनआरएनका प्रमुख संरक्षक उपेन्द्र महतो, अध्यक्ष देवमान हिराचन, उपाध्यक्ष जीवा लामिछाने सहितका केन्दि्रय पदाधिकारीले गैर आवासीय नेपालीलाई अनावश्यक नियमको दायरामा राखेर हैरानी नदिन आग्रह गरेका थिए ।

'विदेशस्थित कूटनीतिक निकायलाई जानकारी नभई तथा यथेष्ट सूचना प्रवाह नगरी सुरु भएको दोहोरो श्रम स्वीकृति पद्धतिले घर बिदाबाट र्फकने नेपाली श्रमिकले विमानस्थलमा अनाहकको सास्ती बेहोर्नुपरेको छ,' यादवलाई दिएको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै विभिन्न मुलुकमा रहेका कुटनीतिक नियोगहरुमा एनआरएन डेस्कको व्यवस्था गर्न र १ सय ८२ दिनभन्दा बढी सार्क क्षेत्र बाहेकका मुलुकमा बसोबास गरेमा गैरआवासीय मान्यता कायम राख्नसमेत माग राखिएको छ ।

Published on: 10 August 2011 | Kantipur

Back to list

;