s

दिनभर काममै व्यस्त श्रमिक महिला

सिराहा सदरमुकामका होटेल आइतबार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न एनजिओ, आइएनजिओले गरेका कार्यक्रमले भरिएका थिए । तर, सदरमुकामनजिकै बन्दै गरेको एक आधारभूत विद्यालयमा हातमा बेल्चा समाएर सिमेन्ट, बालुवा र ढुंगा मिलाउँदै गरेकी थिइन्, सपना बसेल सार्की । उदयपुरको कटारी नगरपालिका–९ सोरुङ छबिसे घर भएकी सार्कीलाई दिवसको रौनकभन्दा पेट पाल्न मजदुरी गर्नेपर्ने बाध्यता ठूलो बन्यो ।

कटारीकै रवि बसेल, राजकुमार बसेलसँगै उनले ६ सय रुपैयाँ कमाउन दिनभरि सिमेन्ट, गिटी र बालुवामा पसिना बगाइरहिन् । ‘काम गर्ने मान्छेलाई केको दिवस ? पेट भर्न पैसा चाहिन्छ । मजदुरी नगरे कसले खान दिन्छ ?,’ सपनाले पीडिा मिश्रित आक्रोश पोखिन्, ‘श्रीमान् पनि मजदुरी गर्छन् । दुवैजनाले काम गरेपछि बल्लतल्ल खानापान र बालबच्चाको विद्यालय खर्च धानिन्छ ।’

सिराहाको रामजानकी चोक हकपाडामा ८५ प्रतिशत महिला व्यवसायी आइतबार पनि अघिल्ला दिनझैँ भेटिए । सातामा दुई दिन बजार लाग्ने हाटमा उनीहरूलाई सामान बेच्ने ध्याउन्न मात्र थियो । अर्नामा गाउँपालिका ३ बंगढियाकी मधुकुमारी महतोले नारी दिवसबारे कुनै जानकारी नभएको बताइन् । त्यही बजारमा साग बेच्दै आएकी कृष्णपुरकी रीनादेवी मण्डलले सबै दिन तरकारी बेच्नमै बित्ने गरेको बताइन् ।

Published on: 9 March 2020 | Naya Patrika

Link

Back to list

;