s

डिजिटल अडियो नोटिस बोर्ड सञ्चालन

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले डिजिटल अडियो नोटिस बोर्ड सञ्चालन गरेको छ । बोर्डले सञ्चालनमा ल्याएको टेलिफोन नम्बर ४१०५०५८ मा फोन गरेपछि कतार, मलेसिया, साउदी अरब र यूएईका विषयमा साढे तीन मिनेट लामो सूचना पाउन सकिन्छ । जसमा ती देशको भौगोलिक अवस्थिति, संस्कृति, परम्परा र भाषाका साथै श्रम गर्न जाँदा आवश्यक पर्ने आधारभूत जानकारी, अपनाउनुपर्ने विधि र प्रक्रियाबारे सूचना पाउन सकिन्छ । 
 
बोर्डको टेलिफोन नम्बरमा डायल गरेपछि सम्बन्धित देशको कोड नम्बर थिच्नुपर्छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार यस्तो सूचनाले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत बनाउन सहयोग पुर्‍याउँछ । ‘विदेश जाँदा अपाउनुपर्ने तयारी र आवश्यक सूचनाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सघाउनेछ,’ उनले भने ।
 
बोर्डको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले सेवाको शुभारम्भ गरेका हुन् । कार्यकारी निर्देशक काफ्लेका अनुसार अन्य श्रम गन्तव्य मुलुकका बारे पनि अडियो नोटिस प्रदान गर्ने तयारी भइरहेको छ । श्रममन्त्री गुरुङले वैदेशिक रोजगारी अन्तिम विकल्प हुनै नसक्ने बताउँदै स्वदेशमै रोजगारीको विकल्प खोज्न सुझाए । 
 
Published on: 4 November 2016 | Nagarik

Back to list

;