s

धेरै कामदार जाने जिल्लामा धनुषा पहिलो

मध्य तराईको धनुषा जिल्ला वैदेशिक रोजगारीमा धेरै कामदार जाने जिल्लाको रुपमा निरन्तर रुपमा अग्रस्थानमा रहेको छ । उक्त जिल्लाबाट एकै महिनामा २ हजार बढी युवायुवतीले वैदेशिक रोजगारीका लागि मुलुक छोडेका छन् । त्यसमा पुरुषहरुको संख्या उल्लेखनीय देखिन्छ ।
 
गत माघ महिनामा वैदेशिक रोजगारीमा गएका कामदारका सम्बन्धमा वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रगति विवरणमा धनुषाबाट मात्र २ हजार ५६ जना युवा वैदेशिक रोजगारीमा गएका छन् ।
 
वाहिरिएका २ हजार ५६ मध्ये कतार मात्रै जानेको संख्या १ हजार ४९ जना रहेको छ । सो जिल्लाबाट माघमा ६ सय १९ जना मलेसिया उडेका छन् । धनुषा जिल्ला पछि धेरै कामदार वैदेशिक रोजगारीमा जाने जिल्लामा सिरहा रहेको छ । वैदेशिक रोजगारीमा धेरै कामदार जाने जिल्लाहरुमा धनुषा र सिरहापछि क्रमशः झापा, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरु अग्रपंक्तिमा रहेका छन् ।
 
Published on: 4 March 2018 | Madhyanha 

Back to list

;