s

धरौटी बुझाएर छुटे चार जना म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप चार जना म्यानपावर व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका हुन्। मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमि कुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्।
 
अदालतको आदेश अनुसार तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थीले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।
 
सोमवार मात्र व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार रुपैयाँ धरौटी बुझाएका हुन्।
 
Published on: 6 June 2018 | Setopati

Back to list

;