s

धनगढीको श्रमाधान रोजगार मेलामा एक हजार बढीलाई रोजगार

सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतवार सुरु भएको श्रमाधान रोजगार मेलाको पहिलो दिन एक हजार जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेला अवलोकनका लागि आएका एक हजार युवाले रोजगारीका प्राप्त गरेका र हजारौले रोजगारीका लागि आवेदन दिएको श्रम रोजगार तथा सामाजिक स’रक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए ।

मेलामा सुदुरपश्चिम प्रदेश नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिन सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, निजी क्षेत्रका रोजगारदाता, रोजगार सम्बन्धी सरोकारवाला संघ संस्थाहरुको ठुलो उपस्थिति रहेको थियो ।

मेलामा आन्तरीक रोजगार सम्बन्धित निजी क्षेत्र, वैदेशिक रोजगार सम्बन्धी जानकारी गराउने सरकारी निकाय, सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उदेश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् ।

Published on: 10 June 2024 | Nagarik

Link

Back to list

;