s

डेढ सातादेखि बन्द युनिलिभर सुचारु

मजदुर आन्दोलनका कारण विगत ११ दिनदेखि बन्द हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेड बहिबारबाट सुचारु भएको छ। तलब-सुविधासहित विभिन्न ६ सुत्रीय माग राख्दै माघ २२ गतेबाट आन्दोलनमा उत्रेका मजदुर, राजनीतिक दल र उद्योग व्यवस्थापनबीच बुधबार हेटौंडामा भएको वार्तामा उद्योग खोल्ने सहमति भएको हो।

उद्योग सञ्चालनसंगै वार्ता प्रकृया अगाडि बढाउन मजदुर र व्यवस्थान सहमत भएपछि उद्योग खुलेको हो। आन्दोलन नरोके वार्ता नगर्ने व्यवस्थापनको अडान र माग पूरा नभए आन्दोलन नरोक्न मजदुरको अडानका कारण उद्योग लामोसमयसम्म खुल्न सकेको थिएन।

उद्योगबाट लाइफब्वाय, लक्स, पेप्सोडेन्ट, फेयर एण्ड लभ्ली लगायतको सामाग्री उत्पादन हुँदै आएको छ।

Published on: 17 February 2012 | Nagarik

Back to list

;